पत्रकार महासंघ प्रदेश २ का पदाधिकारी भारत भ्रमणमा

समाचार

2/3/2020

वीरगन्ज, २१ माघ । भारत भ्रमणमा जाने नेपाल पत्रकार महासघ प्रदेश नम्बर २ का पदाधिकारीहरुलाई वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले विदाई गरेका छन् ।

नगर प्रमुख सरावगीको कार्यकक्षमा नगर प्रमुख सरावगीले अबिर, माला लगाएर भ्रमण सफलताको शुभकामना व्यक्त गर्दै विदाई गरेका छन् ।

नेपाल पत्रकार महासघ पदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा सम्पन्न भएको विदायी कार्यक्रममा वीरगन्ज महानगरपालिकाका सदभावना दुत अशोक वैद्य, नगर प्रमुखका प्रेस सल्लाहकार गोविन्द देवकोटा लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

नेपाल तथा भारतका हाइटेक सिटि हैदरावादको प्रेसको अवस्थाबारे अनुभव साटासाट, प्राविधिको विकासको अध्ययन र त्यसको प्रयोगको वातावरण लगायतका विषयमा भारत भ्रमण नेपाल प्रत्रकार महासघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केसि लामिछाने, सचिव आर एस विश्वास, सचिव गुरु प्रसाद गौतम, कोषाध्यक्ष प्रविण साह, सदस्यहरु ललिता साह, जीतलाल श्रेष्ठ, अजय साह, केन्द्रिय सदस्यहरु शैलेन्द्र झा, अवधेश झा देवेन्द्र कुमार यादवलगायतका पदाधिकारीहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ