पप्पु कन्स्ट्रक्सनले समय अगावै बनायो हेटौंडा–लोथर सडक

समाचार

3/23/2019

वीरगञ्ज, ८ चैत । पप्पु कन्स्ट्रक्सनले मकवानपुरको हेटौंडादेखि लोथर सडकखण्डअन्तर्गत साढे ४ किलोमीटर सडक कालोपत्रे गर्ने कार्य समय अगावै सम्पन्न गरेको छ ।

हेटौडा डिभिजन सडक कार्यालयका प्रमुख सुमन योगेशले पप्पुलाई १५ महिनामा सक्ने गरी सडक कालोपत्रेको ठेक्का दिइएकोमा २ महिनाअघि नै निर्माण पूरा गरेको जानकारी दिए ।

६ करोड ४२ लाख रुपैयाँको लगातमा रोड निर्माण गर्ने ठेक्का दिइएको थियो । सडक विभागले २०७४ कात्तिकमा सो ठेक्का लगाएको थियो ।

१५ महिनामा पूरा गर्ने सम्झौता भएकोमा समयअघि नै निर्माण कार्य पूरा गरिसकेकाले ठेकेदारलाई कार्य सम्पन्नताको प्रमाणसमेत दिइसकेको सडक कार्यालयले बताएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ