जनकपुरधाम, ११ फागुन । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रकृतिको विनाश वा दोहन यस्तै किसिमले भईरहे पृथ्वीका सम्पूर्ण प्राणीको विनाश हुने बताएका छन् ।
गान्धी शान्ति प्रतिष्ठान नेपाल, पिपल निम तुल्सी, उज्जवल भारत मिशन, हिस्ट्री एण्ड हेरिटेज टुरिज्म र सेभ हिस्टोरिकल जनकपुरको सँयुक्त आयोजनामा जनकपुरमा आयोजित गान्धी वातावरण योद्धा सम्मान समारोहको उद्धघाटनका क्रममा प्रदेश प्रमुखले सो कुरा बताएका छन् ।
पृथ्वीका प्राणीहरुको सीधा सम्बन्ध प्रकृतिसँग रहेको र दुवै एक अर्काका परिपुरक भएकोले मानव तथा प्राणीको जिवनयापनका लागि वातावरणको विनाश रोक्नुपर्ने बताएका छन् ।
पृथ्वीमा सबैभन्दा बुद्धिजिवी प्राणीको रुपमा मनुष्य रहेकोले प्रकृतिको सँरक्षण तथा वातावरणको सुरक्षा गर्ने जिम्मेवारी पनि मानवहरुको नै रहेको बताएका छन् ।
मन्तव्यका क्रममा प्रदेश साँसद तथा सेभ हिस्टोरिकल जनकपुरका सँयोजक राम अशिष यादवले कर्म गर्दै जानु र सम्मानको चिन्ता नगर्न अभियानीहरुलाई सल्लाह दिएका छन् । उनले पोलोथिनको प्रयोगले पर्यावरण प्रदुषित हुने र प्रदुषित वातावरणले रोगीको सँख्यामा बृद्धि हुने धारणा राखेका छन् ।
तपाईको प्रतिक्रिया