काठमाडौं, ६ पुस । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीको कार्यकाल अत्यन्तै सफल र महत्वपूर्ण भएको बताएका छन् ।
राजदूत पुरीको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको टिप्पणी गरेका छन् ।
राजपा नेपालले आइतबार दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतीमा राजदूत पूरीको बिदाइका लागि आयोजना गरेको एक विशेष समारोहमा संयोजक महतोले यस्तो बताएका हुन् ।
नेपाल र भारतबीचको सम्बन्धलाई थप उचाईमा पुर्याउन राजदूत पुरीको भूमिका सराहनीय रहेको भन्दै राजपा संयोजक महतोले खुलेरै प्रशंसा गरेका छन् ।
तपाईको प्रतिक्रिया