प्राचीन कपिलवस्तुलाई नै राजधानी कायम गर्नुपर्ने माग

समाचार

4/18/2019

कपिलवस्तु, ५ बैशाख । भगवान गौतम बुद्धले २९ वर्ष बिताएको स्थान अर्थात राजा शुद्धोधनको दरबार क्षेत्र नै प्रदेश नं ५ को राजधानी उपयुक्त भएको कपिलवस्तुवासीले दावी गरेका छन् ।

बुधबार विहान गोरुसिंगेमा एक विशेष कार्यक्रम गरी कपिलवस्तुबासीले स्थायी राजधानीको बहस सुरु गरेका हुन् । भौगोलिक तथा प्रशासनिक दृष्टिले प्रदेशको राजधानी कपिलवस्तु बनाउन उत्तम हुने भन्दै जिल्लाबासीले माग राख्दै आएका छन् ।

बुद्धकालीन स्थल ऐतिहासिक प्राचिन दरवार तिलौराकोट कपिलवस्तु भएको हुंदा त्यसैलाई आधार मानी राजधानी कायम गर्न जिल्लाका नेता तथा जनताले माग गरेका छन् ।

राष्ट्रियता र देशभन्दा ठुलो केही नहुने हुंदा आजभन्दा ३ हजार वर्ष पुरानो शुद्धोधनको राजदरवार क्षेत्रलाई नै हालको राजधानी बनाउनुपर्नेमा जिल्लाबासीको जोड छ ।

अहिले प्रदेश नं. ५ को अस्थायी राजधानी बुटवलमा रहेको छ । प्रदेश गठन भएको दुई बर्ष वितिसक्दा पनि प्रदेशको स्थायी राजधानी अझै तोक्न सकिएको छैन ।

स्थायी राजधानी तोक्नका लागि प्रदेश सरकारले एक विशेष समिति गठन गरेर काम गरीरहेको छ । उक्त समितिले प्रदेशका १२ ओटै जिल्लामा पुगेर सुझाव संकलन पनि गरिसकेको छ ।

समितिले सुझाव संकलन गरिसके पनि स्थायी राजधानीको बारेमा कुनै टुंगो नभए पछि कपिलवस्तुबासीले स्थायी राजधानीको वहश सुरु गरेका हुन् ।

स्थायी राजधानी सहमतीबाट टुंगो लाग्न नसके बुहमतको आधारमा टुंग्याउन सकिने संवैधानिक व्यवस्था छ । १२ जना प्रदेश सांसद कपिलवस्तुका रहेका छन् ।

प्रदेश नामाकरण तथा राजधानी समितिका सदस्य सहसराम यादवले रुपन्देही, पाल्पा र सुस्ता पश्चिम नवलपरासीबाहेक अन्य ९ जिल्लाका जनताले कपिलवस्तु राजधानी हुँदा कुनै समस्या नपर्ने धारणा आएको बताए ।

सबैलाई विच पर्ने र उपयुत्त क्षेत्र धार्मीक तथापर्यटकीय महत्वबोकेको कपिवस्तुलाई सबैले मिलेर बहस चलानुपर्ने संघिय सांसद वृजेश कुमार गुप्ताले बताए ।

पुर्व सिंचाई राज्यमन्त्री सुरेन्द्रराज आर्चायले शिर्षनेतालाई भेटेर प्रदुश सदस्य र नागरिक अगुवाले कपिलवस्तु राजधानीकिनभनेर बुझाउनु पर्ने वेलाआएको बताए ।

कपिलवस्तु राजधानी बनाऔं भन्ने अभियानकर्ताले अन्य ११ जिल्लामा बहस गर्ने कार्यक्रमतयार गरेको संयोजक पोमनारायण पौडेलले बताए ।

प्रदेश सांसद दीर्घनारायण पाण्डे, अर्जुन केसी, धर्मबहादुर लाल श्रीवास्तव, सहसराम यादव, रिना नेपाल, माला गोतामे लगायतको उपस्थिती हरेको र उनीहरुले कपिलवस्तु राजधानी बनाउनको लागी पार्टीको कुरा नमानीजिल्लाका नेता र जनताको कुरा सुन्ने प्रतिवद्धता जाहेर गरे । यसैगरी भेलामाजिल्ला स्तरका ठूला पार्टीका नेताको पनिउपस्थितीथियो भने विभिन्न संघसंस्थापनि सहभागीथिए ।

साथै जिल्लाका स्थानीयतहका मेयर, उपमेयर, गाउँपालिकाकाअध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षलगायतको सहभागीताथियो । कार्यक्रमको सबै व्यवस्थापन बुद्धभूमि नगरपालिकाकानगर प्रमुख केशवकुमार श्रेष्ठले गरेकाथिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ