प्राचीन कपिलवस्तु महोत्सवको तयारी तीव्र

समाचार

3/18/2019

कपिलवस्तु, ४ चैत । “प्राचीन कपिलवस्तु जिल्लाको समग्र विकासको आधार, धार्मिकस्थलको प्रवद्र्धन कृषि उद्योग र व्यापार” भन्ने मूल नाराका साथ छैठौं प्राचीन कपिलवस्तु महोत्सवको तयारी तीव्र भएको छ ।

उक्त छैठौं प्राचीन कपिलवस्तु महोत्सवलाई सफल पार्नका लागि सचिवालय समितिले तयारीलाई तीव्र बनाएको हो ।

यहि चैत १८ गते देखि ३० गतेसम्म तौलिहवास्थित बुद्ध पद्यम उच्च माविको खेल मैदानमा हुँदैछ ।

महोत्सवले मुख्य गरेर स्थानीय स्तरमा रहेको कला संस्कृति तथा बुद्धस्थलहरुको पर्यटन प्रचार प्रसार गर्ने र जिल्लामा उत्पादित कृषि तथा घरेलु उत्पादनहरुको प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको महोत्सवका संयोजक एवं तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी उर्फ दिपुले जानकारी दिएका छन् ।

विगतका राम्रा पक्षलाई निरन्तरता दिँदै विशेष गरी पर्यटन प्रवद्र्धन हुने तथा स्थानीय हस्तकलाहरुको प्रदर्शन गर्ने र जिल्लामा अझै लुकेर रहेका संस्कृतिहरुको पहिचान गरी उजागर गर्ने र कृषि उत्पादनहरुको प्रदर्शन गर्ने जस्ता पक्षहरु समेटेर महोत्सव संचालन हुने बताइएको छ ।

सह–आयोजकको रुपमा कपिलवस्तु नगरपालिका रहेको छ । नगरपालिकाका जनप्रतिनिधि तथा नगरवासी र जिल्लाका राजनीतिक दलहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

त्यसका साथै ३१ वटा विभिन्न उपसमिति निर्माण गरी सचिवालयले कार्य सुरुवात गरेको छ । महोत्सवमा १ सय ५० भन्दा बढी स्टलहरु रहनेछन् ।

विभिन्न उप समितिले निरन्तर कार्य गरेको हुँदा हालसम्म ५० प्रतिशत कार्य सम्पन्न भएको संघका महासचिव अर्जुन चापागाईले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ