प्रजापति (कुम्भकार) संघद्वारा सम्मानसहित मायाको चिनो प्रदान

समाचार

4/20/2019

काठमाडौं, ७ बैशाख । नेपाल प्रजापति (कुम्भकार) संघ केन्द्रीय कार्यसमिति जनकपुरधामले सम्मानसहित मायाको चिनो प्रदान गरेको छ ।

संघले शनिबार मधेश मिडिया हाउसमा सम्मान तथा मायाको चिनो प्रदान कार्यक्रमको आयोजना गरी कुम्भकार समाजका अगुवाहरुसहित मधेशवाणीकर्मीलाई समेत सम्मान तथा मायाको चिनो प्रदान गरेको हो ।

भर्खरै वीरगन्जमा सम्पन्न संघको सातौ महाधिवेशन कार्यक्रममा उपस्थित हुन नसकेका संघका अगुवाहरुलाई काठमाडौंमा सम्मानसहित मायाको चिनो प्रदान गरेको हो ।

यसैगरी, सो कार्यक्रममा संघको महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा नवनिर्वाचित रामानन्द पण्डितलाई नेपाल प्रजापति (कुम्भकार) संघ काठमाडौं उपत्यका कमिटीको तर्फबाट अध्यक्ष प्रभु पण्डितले सम्मानसहित मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा योगेन्द्र पण्डित, दीपेन्द्र पण्डित, छत्रदेव पण्डित, प्रभु पण्डित, सन्तोष पण्डित, पानालाल पण्डित, त्रिलोकी पण्डित, नगिनालाल पण्डित, मेनेजर पण्डित र राम आशिश पण्डितसहित मधेशवाणीकर्मी रामसुकुल मण्डलाई सम्मानसहित मायाको चिनो प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ