काठमाडौं, ७ चैत । नेपाली कांग्रेसका नेता डा. शोभाकर पराजुलीले काठमाडौंमा सम्पन्न महासमितिको बैठकको निर्णय केन्द्रीय समितिको बैठकले उल्टाएको भन्दै उनले त्यसो नगर्न ध्यानाकर्षण गराएका छन् । महासमितिको बैठकले गरेको निर्णयानुसार पार्टी केन्द्रीय समितिका सबै पदाधिकारी र सदस्यहरु आ–आफ्नो निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आउनुपर्ने निर्णय गर्न पनि पार्टीको ध्यानाकर्षण गराएका छन् । महाधिवेशन प्रतिनिधिसमेत रहेका डा. पराजुलीले केन्द्रीय कार्यालयका मुख्य सचिव मार्फत् पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराउँदै पत्रमा लेखिएको छ, ‘महासमितिको बैठकबाट अनुमोदित निर्णयहरु जस्ताको तस्तै अनुशरण गर्न समेत केन्द्रीय कार्यसमिति समक्ष सादर एवं विनम्र ध्यानाकर्षण गरेको छु’ ।
तपाईको प्रतिक्रिया