पुरातात्विक क्षेत्रहरुको संरक्षण गर्न प्रदेश सरकारको चासो

समाचार

3/17/2019

कपिलवस्तु, २ चैत । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले कपिलवस्तुका बुद्धकालीन पुरातात्विक क्षेत्रहरुको संरक्षण र विकासका लागि प्रदेश सरकारको विशेष चासो रहेको बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले शनिबार कपिलवस्तु जिल्लामा रहेका पुरातात्विक स्थलहरुको अवलोकन गर्ने क्रममा सञ्चारकर्मीहरु सामु प्रतिक्रिया दिँदै प्राचीन कपिलवस्तु क्षेत्र प्रदेश ५ को प्रमुख पर्यटकीय गन्तव्य बन्नसक्ने र यसका लागि प्रदेश सरकारले विशेष नीति तथा कार्यक्रम अघि सारेको बताए ।

त्यस अवसरमा मुख्यमन्त्री पोखरेलले कुदान, गोटिहवा, निगालीकोट, ताम्रेश्वर महादेवको मन्दिर लगायतका पुरातात्विक तथा धार्मिक स्थलहरुको अवलोकन गरेका थिए ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट कपिलवस्तुका पुरातात्विक, पर्यटकीय तथा धार्मिक स्थलको विकासका लागि विशेष कार्यक्रम सञ्चालन हुने उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ