विराटनगर, २३ पुस । विराटनगर महानगरपालिका र जिल्ला बाल कल्याण समितिको संयुक्त आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
विराटनगर महानगरपालिका भित्रका ५५ सामुदायिक विद्यालय मध्ये ६ वटा सामुदायिक विद्यालयहरु हाजिरी जवाफ प्रतियोगितामा सहभागी भएका थिए । बाल मन्दिर विद्यालयमा आयोजित प्रतियोगितामा श्रीबाल माध्यमिक विद्यालयका रानी प्रथम भएको छ ।
त्यस्तै आदर्श माध्यमिक विद्यालय द्धितिय, मदननगर आधारभूत विद्यालय तृतीय भएको छ भने रघुपति आधारभूत विद्यालयले चौथो पुरस्कार प्राप्त गरेका छन् ।
तपाईको प्रतिक्रिया