जनकपुरधाम, १ फागुन । जनकपुरमा सुरु भएको ‘दोस्रो बेटी सम्मेलन’ सम्पन्न भएको छ । सातै प्रदेश सरकारले महिलालाई ५० प्रतिशक्षण आरक्षण हरेक निकायमा गर्नुपर्ने सहितका ९ बुँदै घोषणापत्र जारी गर्दै बेटी सम्मेलन सम्पन्न भएको हो ।
प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवको प्रमुख आतिथ्यमा घोषणा पत्र जारी गरिएको छ । छोरीका लागि सरकारी स्तरबाट सेनेटरी प्याडको निःशुल्क वितरण गर्ने व्यवस्थाको कार्यान्वयन गर्नुपर्ने, प्राविधिक एप्सको प्रयोग गरी छोरीलाई सुरक्षित जीवन जीउन सहयोग पु¥याउनु पर्ने सहितका माग घोषणपत्र मार्फत गरिएको छ ।
यस्तै सातवटै प्रदेशमा महिला अंकित स्तम्भ निर्माण गरी शान्ति, समृद्धि र लैंगिकमैत्री सन्देश प्रवाह गर्ने लक्ष्य रहेको पनि घोषणपत्रमा उल्लेख गरिएको छ । सम्मेलनको आयोजना गरेका मुलधार महिला सेवा केन्द्र उदयपुरकी अध्यक्ष नजबुल खानले छोरीमाथि भइरहेको विभेद अन्त्य नभएसम्म संघर्ष गरिरहने बताइन् ।
उनले समानता र समावेशीका लागि ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ हुनुपर्ने र राज्यलाई दबाब दिने उद्देश्यले बेटी सम्मेलन गरिएको बताइन् ।
तपाईको प्रतिक्रिया