नवलपरासी, १३ फागुन । नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका बडा नम्बर २ सेमरीमा रहेको जगन्नाथपुर प्राथमिक स्वास्थ केन्द्र सेमरीलाई भारतीय दुतावासबाट एम्बुलेन्स सहयोग स्वरूप प्राप्त भएको छ ।
प्राप्त एम्वुलेन्स प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरे ।
नवलपरासी क्षेत्र नम्बर १ मा ६ वटा एम्बुलेन्स आवश्यक रहेको र भारतीय राजदुतावासबाट यो क्षेत्रको लागि ४ वटा एम्बुलेन्स माग गरेकोमा एउटा प्राप्त भएको सांसद त्रिपाठीले जानकारी दिए ।
भारतको ७२औ गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूतावासको सहयोगमा उक्त एम्बुलेन्स स्वास्थ्य केन्द्र सेमरीलाई प्राप्त भएको हो ।
तपाईको प्रतिक्रिया