सिरहा, २० माघ । सिरहाको व्यापारिक नगरी मिर्चैयामा प्रदेश नं. २ को प्रथम प्रादेशिक औद्योगिक व्यापार मेला तथा प्रथम प्रदेशस्तरीय महोत्सव २०७५ हुने भएको छ ।
प्रदेश २ अन्तर्गत मिर्चैया नगरपालिका ६ स्थित माघ २८ गतेदेखि शुरु हुने औद्योगिक महोत्सवमा कृषिका औजार सामग्रीदेखि स्थानीय कला संस्कृति प्रदर्शनी हुने आयोजक उद्योग वाणिज्य संघ मिर्चैयाका अध्यक्ष हरीशंकर साहले बताए ।
महोत्सवको उद्घाटन कसले गर्ने बारे निर्णय हुन बाँकी रहेपनि नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) र प्रदेश न. २ का मुख्यमन्त्री मो.लालबाबु राउतको विषयमा गृहकार्य भइरहेको आयोजकको दाबी रहेको छ । महोत्सवको उद्घाटन प्रचण्डले गर्ने प्रवल सम्भावना रहेको समेत आयोजक बताए ।
महोत्सवमा स्थानीयको साथै राष्ट्रिय स्तरका कालाकारहरुको धमाकेदार प्रस्तुति रहने छ । महोत्सव फाल्गुन ७ गतेसम्म चल्ने आयोजकले बताए ।
तपाईको प्रतिक्रिया