प्रदेशस्तरीय प्रशंसनीय खोज सम्मेलनको उद्घाटन

समाचार

12/5/2018

भैरहवा, १८ मंसिर । भैरहवामा मंगलबारदेखि प्रदेशस्तरीय प्रशंसनीय खोज सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले गरेका छन् ।

उनले प्रदेशको समृद्धिका आधार कृषि, पर्यटन, उद्योग र व्यापार भएको बताएका छन् । उनले भने, ‘समृद्ध प्रदेश, खुशी जनता’ भन्ने मूल अभिप्रायका साथ हामी अगाडि बढिरहेका छौँ, हामीले मूलतः कृषि, पर्यटन, उद्योग र व्यापारमा जोड दिएर प्रदेशलाई समुन्नत बनाउने लक्ष्य लिएका छौँ ।”

तीन दिनसम्म चल्ने प्रशंसनीय खोज सम्मेलनको उद्घाटन समारोहलाई डेभिड कोपीराइडर सेन्टर, अमेरिकाका निर्देशक प्राध्यापक लिन्डसी गुडविनले विश्वभरि प्रशंनीय खोज अभियान चलाइएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ