प्रदेशस्तरीय फुटबल प्रतियोगिताको फाइनलमा सप्तरी विजयी

समाचार

2/8/2020

वीरगञ्ज, २६ माघ । वीरगञ्जमा भए प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनलमा विजय भएको छ ।

जिपी कोइराला फाउन्डेसन पर्साद्वारा आयोजित जिपी कोइराला प्रदेश स्तरीय प्रथम नकआउट फुटबल प्रतियोगिताको फाइनल सप्तरीले जित हासिल गरेको हो ।

वीरगञ्जको आदर्शनगरस्थित रङगशालामा बारा र सप्तरीबिच भएको खेलमा २ गोलले सप्तरील विजयी भएको थियो । सप्तरीका जर्सी नम्बर १४ का उज्ज्वल सिह सेवाले दोश्रो आफमा १९ औं मिनेटमा गरेका थिए भने दाश्रो गोल जर्सी १६ नम्बरका देवस श्रेष्ठले गोल गरेको थियो ।

बाराले गोल गर्न धेरै प्रयास गरेपनि कुनै गोल गर्न सकेन र जित सप्तरीको हातमा गएको छ । पहिलो हाफसम्म नभएको खेलमा दोस्रो हाफमा सप्तरीले २ गोल थप्दै फाइनल जितेको छ ।

खेलमा म्यान अफ दी म्याच सप्तरीका दिव सेष्ट भएका छन् भने वेस्ट गोलकिपर रामरुप चौधरी भएको थियो । माघ १८ गते देखि भईरहेकोे प्रतियोगितामा प्रदेश २ का आठ वटै जिल्लाका जिल्ला फुटबल संघका टिमले भाग लिएका थिए ।

प्रतियोगिताको सप्तरी विजेता टिमले एक लाख ५१ हजार नगद र उपविजेता बारा टिमले ७५ हजार रुपैयाँ नगद सहितकप र मेडल प्राप्त गरेको छ । बिजेता टिमलाई शिल्ड र प्रमाणपत्र प्रदान मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ