जनकपुरधाम, २१ माघ । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेशको समृद्धि र विकास प्रदेश सभाका सत्तापक्ष र प्रतिपक्ष सबैको साझा संकल्प रहेको बताएका छन् ।
प्रदेश सभाको दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको समृद्धि र विकासका लागि प्रदेश सभामा प्रतिपक्षी दलले खेलेको भूमिको सराहना समेत गरेका छन् ।
अहिलेको ऐतिहासिक जिम्मेवारीमा प्रदेश सरकार र प्रदेशसभामा रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउत अहिले बसालिने परम्पराले प्रदेश नं. २ लाई दीर्घकालसम्म दिशानिर्देश गर्ने भएकोले उक्त जिम्मेवारी पुरा गर्न आफूहरु प्रतिवद्ध रहेको बताए ।
कार्यक्रममा मुख्यमन्त्री राउतले विगतमा भएका कमिकमजोरीहरुलाई सुधार गर्दै अघि बढन् सरकारका मन्त्रीहरुलाई निर्देशन समेत दिए ।
सभामुख सरोज कुमार यादवको अध्यक्षतामा भएको उक्त समारोहमा प्रमुख अतिथि प्रदेश प्रमुख तिलक परियार, भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपाका उपनेता राम कुमार यादवसहितले शुभकामना मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया