जलेश्वर, २ माघ । प्रदेश २ का प्रमुख रत्नेश्वर लाल कायस्थले जलेश्वर नगरपालिका वडा नं. ४ स्थित सुगा टोलमा कम्बल विरतण गरेका छन् ।
श्री मिथिला बिहारी राज रतन सेवाश्रम सुगा भवानी पट्टीको आयोजनामा प्रदेश प्रमुख कायस्थ, श्रीमती सविता कायस्थ तथा सम्पूर्ण कायस्थ परिवारको सहयोगमा सुगा टोलमा ११० थान न्यानो कम्बल प्रदेश प्रमुख कायस्थ तथा श्रीमती सबिता कायस्थले वितरण गरेका छन् ।
कम्बल वितरणमा सहयोग पु¥याउने जलेश्वर ४ का वडा अध्यक्ष लोकेन्द्र लाल कर्णका अनुसार उक्त कम्बलहरु एकल महिला, अपाङ्ग, गरिब, दलित तथा बृद्धबृद्धाहरुलाई एक कार्यक्रमका बिच वितरण गरिएको हो ।
उक्त कार्यक्रममा प्रदेश प्रमुख कायस्थले आफ्नो पैतृक गाउँ सुगामा रहेको निजी निवास तथा जग्गाहरु सेवाआश्रमको माध्यमबाट निजी गुठीलाई दान दिई समाजका लागि प्रयोग गर्न दिइने घोषणासमेत गरेका छन् ।
साथै उनले गाउँको विकासका बिषयमा बिभिन्न योजनाहरु ल्याउने बिचार पनि प्रकट गरेका छन् ।
तपाईको प्रतिक्रिया