प्रदेश प्रहरी कार्यालय आफ्नै भवनमा

समाचार

11/18/2018

दाङ, २ मंसिर । प्रदेश नं ५ को प्रहरी कार्यालयले आइतबारदेखि तुलसीपुरस्थित नेपाल प्रहरीकै अञ्चल गुल्म बसेको भवनमा सरेर सेवा शुरु गरेको छ ।

यसअघि तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा रहेको निजीघरमा मासिक रु ६५ हजार भाडामा लिएर सेवा प्रवाह गरिँदै आएको थियो । सङ्घीय संरचनामा त्यहाँ रहेको गुल्मलाई स्थानान्तरण गरेर प्रदेश कार्यालय राखिएको छ ।

आवश्यक पर्ने अस्थायी प्रकृतिका संरचना निर्माण सम्पन्न गरेलगत्तै प्रदेश कार्यालय सारिएको प्रवक्ता पुष्पराज मल्लले जानकारी दिए । प्रदेश प्रहरी प्रमुखको निवास भने अझै तुलसीपुरमै रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ