प्रदेश स्तरीय अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता उद्घाटन

समाचार

12/16/2018

वीरगन्ज, २९ मंसिर । प्रदेश स्तरीय अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगिताको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको प्रमुख आतिथ्यतामा उद्घाटन कार्याक्रम सम्पन्न भएको छ ।

प्रदशे नं.२ मा रहेका ८ वटा जिल्लाहरु का प्याबसनअन्तरगत पर्ने जिल्ला स्तरीय प्याब्सन विद्यालयहरु ले यस टी–२० प्रतियोगीतामा गर्ने भएको छ ।

प्रथम दिनको खेलमा पर्सा र सर्लाही बिचमा प्रतिस्पर्धा भएको थियो । प्रदेश स्तरीय अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगीता मा दैनीक ४ वटा टिमले प्रतिस्पर्धा गर्ने प्याब्सन पर्सा का अध्यक्ष डा.हरिशंकर साहले बताए ।

वीरगंजको नारायणी रंगशालामा भएको प्रदेश स्तरीय अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगीताको प्रथम दिन प्याब्सन पर्सा प्रदेश नं.२ का अध्यक्ष मुरारी साहको अध्यक्ष्ता र आन्तरिक मामिला तथा कानुन मन्त्रि ज्ञानेन्द्र यादव को प्रमुख आतिथ्य रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ