प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न

समाचार

4/26/2019

मोरङ, १२ बैशाख । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा मोरङको विराटनगरमा आयोजित कार्यक्रमबीच १ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी बिहीबार सम्पन्न भएको छ ।

नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप बुधबारदेखि उक्त गोष्ठी सुरु भएको थियो । गोष्ठी समापनका अवसरमा गृहमन्त्री थापाले शान्ति सुरक्षा सम्बन्धि समीक्षाको दृष्टिकोणले गोष्ठी महत्वपूर्ण रहेको चर्चा गर्दै गोष्ठीका छलफल र निचोडले सुरक्षा सम्बन्धि आवश्यक नीति तय गर्न सहज हुने बताए ।

कानुन सम्मत हुने कुरा तत्काल गरी सुरक्षा अवस्था अझै मजबुत बनाउन निर्देशन दिँदै गृहमन्त्री थापाले राम्रो कामका लागि सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न गृह मन्त्रालय सदैव तत्पर रहेको बताए ।

उक्त अवसरमा गृहसचिव प्रेम कुमार राईले शान्ति सुरक्षा, विपद व्यवस्थापन लगायतका काम सन्तोषजनक भइरहेको उल्लेख गर्दै यसलाई अझ व्यवस्थित र मजबुत बनाउनुपर्ने बताए । शान्ति सुरक्षालाई आधारभूत रुपमा सुधार गर्न गोष्ठी फलदायी हुने विश्वास उनले व्यक्त गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ