प्रदेश १ को स्थायी राजधानी तोकियो

समाचार

5/7/2019

विराटनगर, २३ बैशाख । प्रदेश १ को स्थायी राजधानी विराटनगर तोकिएको छ । सोमबार प्रदेशसभाको बैठकले विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी तोकेको हो ।

सत्तापक्ष नेकपा र प्रतिपक्ष कांग्रेसले प्रस्ताव पेस गरेकोमा कांग्रेसले प्रस्ताव फिर्ता लिएको थियो ।

विराटनगरलाई राजधानी तोकिएपछि विराटनगरमा आह्वान गरिएको बन्द पनि फिर्ता भएको छ ।

विराटनगरलाई प्रदेश राजधानी तोक्न माग गर्दै भएको बन्दले सोमबार दिनभर विराटनगर बजारको जनजीवन प्रभावित भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ