रायमाझी चलचित्र संघ प्रदेश १ को सहसंयोजक

समाचार

1/30/2020

विराटनगर, १६ माघ । चलचित्रकर्मी संघको केन्द्रीय सदस्य तथा प्रदेश १ को सहसंयोजकमा विराटनगरका चलचित्र निर्देशक केशव रायमाझी चयन भएका छन् ।

काठमाण्डौमा सम्पन्न भएको राष्ट्रिय भेलाले रायमाझी सर्वसम्मत रुपमा केन्द्रीय सदस्य तथा सह–संयोजक भएका हुन् । लामो समयदेखि चलचित्र क्षेत्रमा लागेका रायमाझी स्थापित निर्देशक हुन् ।

उनले एक दर्जन बढी चलचित्रको निर्देशन गरेका छन् । मोफसलमा रहेर चलचित्र क्षेत्रमा लागिपरेका उनले आदीवासी चलचित्रहरुमा निर्देशन गर्दै आएका छन् ।

उनले निर्देशन गरेको केही थारु चलचित्रहरु चलेका छन् । रायमाझीले निर्देशन गरेको थारु चलचित्र छल्की, हमर भाटु लगायतको हिट चलचित्र हो । चलचित्र संंघ नेपालको संयोजकमा दिनेश डिसी रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ