विराटनगर, ८ माघ । आसन्न राष्ट्रियसभा निर्वाचनमा प्रदेश नं. १ मा समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबीच सहमति भएको छ ।
बुधबार समाजवादीका प्रदेश १ का संसदीय दलका नेता जयराम यादव र लोकतान्त्रिक राष्ट्रिय मञ्चका संसदीय दलका नेता विष्णु तुम्बाहाम्फेले एक सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
विभिन्न आन्दोलनहरुबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न र बाँकी रहेका प्रादेशिक पहिचानका लागि १०+१ र अधिकार लगायतका मागहरुसमेत प्राप्तिका लागि बिहीबार हुने राष्ट्रियसभा निर्वाचनमासमेत दुई दल मिलेर जाने सहमति भएको हो ।
तपाईको प्रतिक्रिया