प्रदेश २ को नाम र राजधानीका लागि सुझाव संकलन

समाचार

12/7/2018

वीरगञ्ज २० मंसिर । प्रदेशको नाम र राजधानीका लागि सुझाव संकलन गर्न प्रदेश २ सरकारले गठन गरेको संवाद तथा सुझाव आयोग आयोगले काम सुरू गरेको छ ।

४५ दिनभित्र सुझाव सहितको प्रतिवेदन बुझाउने जिम्मा पाएको आयोगले गठन भएको ४० दिनपछि मात्र काम सुरू गरेको हो । कात्तिक ११ बसेको मन्त्रिपरिषदको बैठकले नीति आयोगका उपाध्यक्ष समेत रहेका डा. हरिवंश झा संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो ।

आयोगमा मोहनलाल चौधरी र राम प्रवेश बैठा सदस्य छन् । आयोगले प्रदेशको राजधानी र नामांकनका विषयमा कार्यक्षेत्र भित्र विभिन्न राजनितिक दल, नागरिक समाज, व्यक्ति, संघसंस्था तथा बढीभन्दा बढी व्यक्तिसँग सल्लाह र सुझाव सङ्कलन गर्ने आयोगका अध्यक्ष डा झाले बताए ।

आयोगले संकलन गरेको सुझावकै आधारमा सरकारले राजधानीको नाम र प्रदेशको नाम टुंगो लगाउने उनको भनाइ छ । यसैबीच प्रदेश राजधानी र प्रदेशको नामाकरण सम्बन्धी सुझाव संकलन गर्न वीरगञ्जमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले राजधानीका लागि वीरगञ्जको विकल्प नभएको दाबी गरे ।

उनीहरूले प्रदेशको नाम राख्दा ‘मधेस’ शब्द अनिवार्य आउनुपर्ने र वर्तमान अवस्थामा मध्य मधेश प्रदेश उपयुक्त भएको बताए । कतिपयले वीरगञ्ज राजधानी नभए फेरि आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ