प्रदेश २ को प्रदेशसभा बैठक १४ गते

समाचार

12/26/2019

जनकपुरधाम, ११ पुस । प्रदेश २ को प्रदेशसभा बैठक पुस १४ गते बस्ने भएको छ । कार्यव्यवस्था परामर्श समितिले पुस १४ गते बैठक बोलाउन निर्णय गरेपछि करिब डेढ महिनापछि प्रदेशसभाको बैठक बस्न लागेको हो ।

यसअघि प्रदेशसभाको पछिल्लो बैठक कार्तिक २९ गते बसेको थियो । अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन ।

बैठक सञ्चालन गर्नेबारे सरकारले निर्णय गर्न नसक्दा चौथो अधिवेशन सञ्चालन हुनुपर्नेमा हालसम्म तेस्रो अधिवेशनसमेत अन्त्य हुन सकेको छैन ।

गत वर्ष चैत महिनामा सुरु भएको प्रदेशसभाको तेस्रो अधिवेशन हालसम्म जारी छ । गत आर्थिक वर्षमा सरकारका विभिन्न मन्त्रालयले वितरण गरेको ८४२ मध्ये ५१० योजनाको रकम भुक्तानी हुन नसकेपछि सत्तापक्ष र विपक्षी दलका प्रदेशसभा सदस्यहरुले विरोध जनाएपछि बैठक स्थगित भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ