प्रदेश २ को पहिलो पञ्चवर्षिय आवधिक योजनाको आधारपत्र सार्वजनिक

समाचार

1/8/2020

जनकपुरधाम, २३ पुस । प्रदेश सरकारको पहिलो पञ्चवर्षिय आवधिक योजनाको आधारपत्र २०७६ बुधबार सार्वजनिक गरिएको छ ।

मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले पहिलो पञ्चवर्षीय आवधिक योजना सार्वजनिक गर्दै नीति तथा कार्यक्रममा समेटिएको योजनाहरु यसैलाई टेकेर अगाडी बढाउने बताए । आवधिक योजनाको आधारपत्रलाई टेकेर योजनाहरु ल्याउने मुख्यमन्त्री राउतले थपे ।

प्रदेश नीति आयोगका अध्यक्ष समेत रहनुभएका मुख्यमन्त्री राउतले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि आवधिक योजनाको आधारपत्रलाई टेकेर योजनाहरु समावेश गर्ने बताए ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले आउँदो पाँच वर्षपछि प्रादेशिक आर्थिक वृद्धि दर ११ प्रतिशत पुर्याउने लक्ष्य लिएको बताए ।

प्रदेश २ को आर्थिक वृद्धि दर ६.५३ बाट आउँदो पाँच वर्षमा ११ प्रतिशत पुग्ने लक्ष्य राखिएको उनले बताए । २७.७ प्रतिशत रहेको गरिबी दर घटाएर २१ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।

प्रदेशको कुल ग्राहस्थ उत्पादन ४ सय ८८ अर्वबाट ६ सय अर्व पुर्याउने लक्ष्य लिएको उपाध्यक्ष डा. झाले बताए ।

आउँदो पाँच वर्षमा प्रदेशको प्रति व्यक्ती आय एक हजार अमेरिकी डलर पुरयाउने लक्ष्य राखिएको छ ।

पत्रकार सम्मेलनमा प्रमुख सचिव रामकृष्ण सुवेदी, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ