सिरहा, ११ बैशाख । प्रदेश नं. २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले एक दलितका छोरीको विहेको सम्पूर्ण खर्च व्यहोरेका छन् ।
उनले विवाहको खर्च व्यहोर्नुका साथै अभिभावकसरह वैवाहिक कार्यमा आफै लागेका थिए ।
सिरहा कल्याणपुर नगरपालिका वडा नं. ३ प्रसाही स्थित एक दलितको छोरीको विहेको सम्पुर्ण खर्च मण्डलले व्यहोरेका छन् । उनले वरबधुलाई आशिर्वाद समेत दिएका छन् ।
राज्यमन्त्री मण्डलले आफ्नै निर्वाचन क्षेत्रमा रहेका कुशे मलिक (डुम) को छोरी राधा मलिकको विवाहमा सहभागितासँगै सम्पूर्ण खर्च व्यहोरेका हुन् ।
आर्थिक अवस्था दयनिय रहेका कुशे मलिकले छोरीको विहेको जानकारी गराएपछि राज्यमन्त्री मण्डल विहेमा जन्तीको स्वगतको लागि गएका थिए ।
तपाईको प्रतिक्रिया