प्रदेश २ को लोकसेवा आयोगले पायो पूर्णता, कर्मचारी भर्नाको प्रक्रिया अगाडि बढ्दै

समाचार

10/21/2019

जनकपुरधाम, ४ कार्तिक । प्रदेश नं. २ को लोकसेवा आयोगले पूर्णता पाएको छ । प्रदेश लोकसेवा आयोगले पूर्णता पाएसँगै आफ्नै कर्मचारी भर्ना प्रक्रिया पनि अगाडि बढ्ने भएको छ ।

सोमबार प्रदेश लोकसेवा आयोगको सदस्यमा डा. सुजाता देव र महारुद्र झाले शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख रत्नेश्वर कायस्थले शपथ ग्रहण गराएका हुन् । उक्त अबसरमा मुख्यमन्त्री मो.लालबाबु राउत गद्दी, सभामुख सरोज यादव, आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव, सामाजिक बिकाश मन्त्री नबल किशोर साह, उद्योग बन तथा पर्यटनमन्त्री राम नरेश राय, प्रमुख प्रतिपक्षी दलका नेता सत्य नारायण मण्डल, लोकसेबा आयोगका अध्यक्ष डा.सुरेन्द्र प्रसाद यादव, नीति आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झासहितको उपस्थिति रहेको थियोे ।

प्रदेश नं. २ को लोकसेवा आयोगको अध्यक्षमा यसअघि नै डा. सुरेन्द्र प्रसाद यादबलाई नियुक्त गरिसकेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ