प्रदेश २ मा विज्ञानको परीक्षा रद्द

समाचार

3/28/2019

जनकपुरधाम, १४ चैत । प्रदेश २ को माध्यमिक शिक्षा परीक्षा अन्तर्गत बिहीबार विज्ञान विषयको परीक्षा रद्द गरिएको छ ।

परीक्षाअघि नै बुधबार राति ११ बजेतिर भाइबर, इमो, ह्वाट्सएप आदि माध्यमबाट प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको जनाइएको छ ।

रद्द भएको परीक्षा चैत २२ गते गरिने बताइएको छ । बुधबार राति सप्तरी जिल्लाबाट प्रश्नपत्र बाहिरिएको थियो । बिहीबार परीक्षा भएपछि जिल्ल परीक्षा समन्वय समितिले जिल्लाको परीक्षा रद्द गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ