प्रदेश २ मा २८ प्रतिशत जनसंख्या चरम गरिबीमा

समाचार

1/27/2019

काठमाडौं, १३ माघ । भौगोलिक रुपमा सबैभन्दा सुगम र आठवटै जिल्लालाई पूर्व पश्चिम राजमार्गले छोएको प्रदेश–२ मा गरिबीको अवस्था कहालीलाग्दो छ ।

सरकारले छुट्याएको बजेट लक्षित वर्गको हितमा खर्च गर्नुको साटो दुरुपयोग गर्ने क्रम बढेकाले शिक्षा र स्वास्थ्यको अवस्था नाजुक हुनुका साथै गरिबीले कहाली लाग्दो रुप लिएको हो ।
मुलुकको कुल जनसंख्याको २० दशमलव चार शुन्य प्रतिशत अर्थात ५४ लाख ४ हजार १ सय ५४ जना मानिस प्रदेश–२ मा बस्छन् । त्यसमध्ये २८ प्रतिशत मानिसको गरिबीको अवस्थामा छन ।

विशिष्ट पाहुनाको स्वागत सत्कार र भोजभतेरमा झण्डै ५ करोड खर्च गरेको प्रदेश सरकारले गरिब गुरुवाका लागि अहिलेसम्म खासै कार्यक्रम ल्याएको छैन ।

प्रदेश–२ मा सबैभन्दा ठूलो औद्योगिक करिडोर, आधुनिक एकीकृत भन्सार, प्रमुख भन्सार नाका, उर्वर भूमि, सडक, विमानस्थल लगायत पूर्वाधार छन् । यसका बाबजुद यो प्रदेश शिक्षा र स्वास्थ्यमा कर्णाली प्रदेश भन्दा पनि पछि छ । यसको मुख्य कारण लक्षित वर्गले लाभ नपाउनु र सरकारी बजेटको चरम दुरुपयोग गरिनु हो ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ