प्रदेश ५ को उद्योग वाणिज्य संघको भेला सम्पन्न

समाचार

12/18/2018

चन्द्रकान्त खनाल, रुपन्देही, ३ पुस । प्रदेश नम्बर ५ अन्तर्गतका उद्योग वाणिज्य संघहरुले सरकारले हालै कार्यान्वयनमा ल्याएको सामाजिक सुरक्षा नियमावली र उपभोक्ता संरक्षण ऐन परिवर्तन गर्न सरकारसँग पहल गर्ने र आवश्यक परे दवाव दिने निर्णय गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर ५ ले सोमवार सामाजिक सुरक्षा नियमावली र उपभोक्ता संरक्षण ऐनका सम्वन्धमा बुटवलमा आयोजना गरेको बृहत्त अन्र्तरत्रृmर्या तथा भेलाका सहभागि उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरुले सामाजिक सुरक्षा नियमावली र उपभोक्ता संरक्षण ऐनमा भएका अव्यवहारीक बिषयलाई तत्काल परिवर्तन गर्न पहल गर्ने निणर्य गरेका छन् ।

उनीहरुले नयाँ संबिधान बनेपछि भएका ३ तहका निर्वाचन पश्चात बनेका सरकारहरु व्यवसायमैत्री बन्न नसकेको बताउदै बनेका नियमावली र ऐन पनि व्यवसायमैत्री नहुदा मुलुकमा लगानीमैत्री वातावरण बन्न नसक्ने ठहर गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ