रुपन्देही, १५ बैशाख । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदबीच भेटवार्ता भएको छ ।
मुख्यमन्त्री कार्यालय बुटवलमा भएको भेटमा दुई देशबीचको आपसीका विषयमा कुराकानी भएको जनाइएको छ ।
राजदूत जावेदले बुद्ध जन्मस्थल लुम्बिनी बौद्धमार्गीका लागि मात्रै नभएर सबैको श्रद्धास्थल भएको बताएका छन् ।
उनले नेपाल र पाकिस्तानबीच लामो कुटनीतिक सम्बन्ध रहेको र यसमा कुनै समस्या नआएको उल्लेख गर्दै दुई देश बीच सांस्कृतिक आदानप्रदान गरी सम्बन्धलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।
तपाईको प्रतिक्रिया