कपिलवस्तु, ८ पुस । मदरसाका सवालहरुको विषयमा सेभ द चिल्ड्रेनको सहयोग, शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुको समन्वय र लिडो नेपाल आयोजनामा गौतम बुद्ध होटल तौलिहवा कपिलबस्तुमा कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रदेश नं ५ का सामाजिक विकास मंत्रालयका उपसचिव थानेश्वर ज्ञवाली, सूर्य भुषाल, मित्रमणि खनाल, प्रतिनिधि सभा सदस्य अतहर कमाल, शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका प्रमुख बाबुराम भट्टराई, जिल्ला विकास समन्वय समितिका उपसभापति तारावति चौधरी, सेभ द चिल्ड्रेनका इश्वर खत्री, गोकुल अर्याल, कृष्णानगर नगरपालिकाका उपमेयर सबनम खातुन, लिडो नेपालका प्रतिनिधि, विद्यालय निरिक्षक, आर. पी, विभिन्न मदरसा का प्रतिनिधि, राष्ट्रीय मदरसा संघ नेपाल का महासचिव मौलाना मसहूद खां नेपाली, राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी अल्कुफी, शिक्षा प्रेमी लगायत अन्य को उपस्थित र सुनिता बेल्वासे ले उद्घोषक को भूमिका निर्वाह गरे ।
मन्तव्य राख्ने क्रममा सूर्य भुषालले कानुनले नबाझीने गरि मदरसा को समस्या समाधान गर्ने कुरा मा हामी सबै लागेर जानु पर्ने बताए ।
थानेश्वर ज्ञवालीले मदरसाको समस्या सम्बोधन हुनु पर्ने मा जोड दिए । अतहर कमाल ले मदरसा को समस्या चाडै समाधान हुने विश्वास गरे ।
मौलाना मसहूद खां नेपाली ले मदरसा को समस्या सरकार द्वारा चाडै सम्बोधन हुनु पर्ने, सबै भन्दा बढी हाजी हज गर्न प्रदेश नं ५ जाने भएकाले ५नं प्रदेश मा हज समिति गठन गर्नु पर्ने, हज हाउस स्थापना गर्नु पर्ने, भैरहवा मा अन्तर्राष्ट्रीय हवाई अड्डा निर्माण भएपछि प्रदेश नं ५ का हज यात्री लाइ सोहि ठाउँ बाट उडान हुनु पर्ने, मदरसा का शिक्षकलाई सरकारी शिक्षक सरह सेवा सुविधा दिनु पर्ने र कृष्णानगर मा रहेको जामिया सिराजुल उलुम मदरसा लाइ विश्वविद्यालय बनाउन माग राखे ।
डा.अब्दुल गनी अल्कुफी ले मशहूद खा नेपाली को कुरा मा समर्थन जनाउदै मदरसा को समस्या लाइ चाडै सरकार ले समाधान गरि मुस्लिम बालबालिकालाई शिक्षाको मूल धार मा ल्याउन माग गरे । उक्त कार्यक्रम को राष्ट्रिय मदरसा संघ नेपालका महासचिव मौलाना मसहूद खां नेपाली ले जानकारी गराए ।
तपाईको प्रतिक्रिया