बुटवल, १० पुस । प्रदेश ५ को प्रदेशसभाले प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।
सोमबार आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले पारित गरियोस् भन्ने प्रस्ताव गरेपछि सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेपछि सो विधेयक पारित भएको हो ।
यसअघि प्रदेशसभा नियमावली, २०७४ को नियम २१२ बमोजिम निमावलीको नियम निलम्बनको प्रस्ताव प्रदेशसभा सदस्य चेतनारायण आचार्यले राखेका थिए ।
तपाईको प्रतिक्रिया