रुपन्देही, २४ भाद्र । प्रदेश ५ मा सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान विधेयक पारित भएको छ ।
प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्रालयले संसदमा पेश गरेको सोसम्बन्धी विधेयक सोमबारको प्रदेश सभा वैठकबाट सर्वसममतले पारित भएको हो ।
प्रतिष्ठानको परिषद अध्यक्षमा मुख्यमन्त्री, सहअध्यक्षमा आन्तरिक मामिला तथा कानूनमन्त्री तथा सदस्यहरुमा प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश योजना आयोगका सदस्य, मुख्यमन्त्री कार्यालयका सचिव र ६ वटै मन्त्रालयका सचिव रहनेछन् ।
यस्तै प्रतिष्ठानको सदस्यमा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी निजी क्षेत्रका एक महिलासहित विषय विज्ञ दुई जना र प्रतिष्ठानको कार्यकारी निर्देशक सदस्य सचिव रहने व्यवस्था विधेयकमा गरिएको छ ।
तपाईको प्रतिक्रिया