काठमाडौं, २४ जेठ । नेपाल परिवार दलका अध्यक्ष तथा पुर्वमन्त्री एकनाथ ढकालले क्याम्बोडियाका प्रधानमन्त्री हुनसेनसँग भेटवार्ता गरेका छन् ।
नोम पेमस्थित अति बिशिष्ट अतिथिहरुलाई भेटघाट गर्ने पिस प्यालेसमा भएको भेटमा क्षेत्रीय तथा अन्तराष्ट्रिय समान मुद्धाहरुमा सरकार र नागरिक समाजको सहकार्यको बारेमा कुराकानी भएको अध्यक्ष ढकालको स्वकीय सचिवालयले जनाएको छ । साथै दुईमित्र राष्ट्र बिचको आपसी हितको बारेमा पनि छलफल भएको थियो ।
इन्टरनेशनल अशोसियशन अफ पर्लियामेन्टरियन फर पिस आइएपिपि ( एशिया प्रशान्त क्षेत्र) का अध्यक्ष समेत रहेका ढकालले एशिया प्याशिफिक समिटको प्रतिवेदन पनि प्रधानमन्त्री हुनसेन लाइ हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री हुनसेन ले एशिया प्याशिफिक समिटले विश्वमा शान्ति, भातृत्व, मेलमिलाप र एकताको संदेश दिन सफल रहेको बताउदै नेपाललाई बधाई दिएका छन् ।
आइएपिपि क्याम्बोडियाको निमन्त्रणामा दुइ दिने क्याम्बोडिया भ्रमणमा रहनुभएका ढकालले उप– सभामुख ख्ह्वोन सुन्दरी लगायतका नेताहरुसँग पनि छलफल गरेका थिए ।
तपाईको प्रतिक्रिया