प्रधानमन्त्री ओलीद्वारा महिला दिवसको शुभकामना

समाचार

3/8/2019

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले १०९औं अन्तर्राष्ट्रिय महिलादिवस (८ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गरेका छन् ।

उनले महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले समानताको सोचलाई प्रवद्र्धन गर्दै महिलाको राजनीतिक, आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकार सुनिश्चित गर्न आफ्नो जीवन अर्पण गर्ने सम्पूर्ण व्यक्तित्वहरूको स्मरण गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ