प्रधानमन्त्री ओलीद्वारा हेलिकप्टर दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धान्जली

समाचार

3/4/2019

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीलाई राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका छन् ।

प्रधानमन्त्री ओलीले अन्य मृतकहरुको शवमा फूलमाला अपर्ण गरेर श्रद्धान्जली व्यक्त गरेका छन् ।

गत १५ गते ताप्लेजुङको पाथीभरा क्षेत्रमामन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो । मृतकको शव पहिचान भएपछि शुक्रबार बिहान श्रद्धान्जलीका लागि टुंडीखेलमा राखिएको थियो ।

दुर्घटनामा मन्त्री अधिकारी सहित प्रधानमन्त्री कार्यलयका उपसचिब युवराज दाहाल, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे, नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक बिरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको मृत्यू भएको थियो ।

नेपाल कम्यूनिष्ट पार्टी (नकेपा)का नेता समेत रहेका अधिकारीलाई प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको झण्डा ओढाएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ