प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच शुभकामना आदान–प्रदान

समाचार

1/1/2020

काठमाडौं, १६ पुस । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अँग्रेजी नयाँ वर्ष २०२० को अवसरमा शुभकामना आदान–प्रदान भएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै आफू र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोनमार्फत् शुभकामना आदान प्रदान भएको जनाएका छन् ।

शुभकामना आदान प्रदानको क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ