प्रधानमन्त्री ओली वैशाख दिवसमा सहभागी हुने

समाचार

5/12/2019

काठमाडौं, २९ बैशाख । भियतनामको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राष्ट्र संघीय बैशाख दिवसमा सहभागी हुनुहुने भएको छ । भियतनामको उत्तरी प्रदेश हा नाममा हुने समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा १ सय १० राष्ट्रका १६ सय प्रतिनिधिको सहभागिता रहनेछ । ३ दिने सम्मेलनमा भाग लिन संयुक्त राष्ट्र संघका उपमहासचिव सहित विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुख भियतनाम पुगेका छन् । संयुक्त राष्ट्रसंघले सांस्कृतिक तथा मानवतावादी उत्सवका रुपमा यो दिनलाई मान्यता दिएको छ ।

१९९९ डिसेम्बर १५ मा बसेको संयुक्त राष्ट्र संघको ५४ औं महासभाले अनुमोदन गरेसँगै सन् २००० बाट बैशाख उत्सवको रुपमा ३ दिन यो दिवस मनाउने गरिन्छ । भगवान बुद्धको जन्म, आत्मज्ञान प्राप्ति र मृत्युलाई सम्झदैं दिवस मनाउने गरिएको छ ।

अर्को वर्ष यो दिवस नेपालले आयोजना गर्ने भएकाले प्रधानमन्त्री ओलीको सम्बोधनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ