बारा, ६ असार । बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावित क्षेत्रमा ‘जनता आवास’ (बारा र पर्सा) कार्यक्रम सञ्चालनार्थ विभिन्न १२ स्थानहरुमा १२ वटा समूह बनाएर एकै पटक घर निर्माण गर्ने योजना अनुरुप मिति २०७६ बैशाख १४ गतेबाट नेपाली सेनाले गरिरहेको पुनर्निर्माणको कायममुकायम प्रधानसेनापति शरद कुमार गिरीले निरीक्षण भ्रमण गरेका छन् ।
भ्रमणको दौरान जनता आवास कार्यदलका कमाण्डर, बारा र पर्सा जिल्लामा तैनाथ गणका गणपतिहरु र उक्त कार्यदलको अपरेशन अधिकृतले हालसम्म भएका कार्य प्रगति तथा भविष्यमा गरिने निर्माण योजनाको जानकारी गराएका थिए ।
सोहि अवसरमा कायममुकायम प्रधानसेनापति श्री गिरीले बारा जिल्लामा ४ वटा क्लस्टर (परवानीपुररचैनपुर, खटुवाजग्दी, पुरैनिया र छोट्की फुलवरिया) हरुको स्थलगत निरीक्षण गरी हावाहुरी पिडितहरुसँग अन्तरक्रिया समेत गरेका थिए ।
उक्त निरीक्षण भ्रमणको दौरान नेपाली सेनाका रथीबृन्द, हावाहुरी प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुको उपस्थिति रहेको थियो । निरीक्षण भ्रमण सम्पन्न गरी उनी बिहीबारै काठमाण्डौ फिर्ता भएका छन् ।
तपाईको प्रतिक्रिया