काठमाडौं, २६ चैत । प्रधानसेनापति पूर्णचन्द्र थापाले बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा निरीक्षण गरेका छन् ।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले चैत १७ गते आएको हावाहुरीबाट प्रभावित क्षेत्रको वर्तमान वस्तुस्थिति तथा नेपाली सेनाले प्रभावित क्षेत्रमा हालसम्म गरेका कार्यहरुको बारेमा जानकारी लिनुका साथै स्थलगत अवलोकन गरेका थिए ।
उनले सोमबार बारास्थित श्री चन्दननाथ गण र पर्सास्थित श्री चण्डीप्रसाद गणको निरीक्षण भ्रमण गरी काठमाडौँ फर्केका छन् ।
साथै उनले सोही अवसरमा स्थानीय जनता र जनप्रतिनीधिहरुसँग अन्तरक्रिया समेत गरेका थिए ।
तपाईको प्रतिक्रिया