प्रधानसेनापतिद्वारा निरीक्षण भ्रमण

समाचार

4/29/2019

जनकपुरधाम, १५ बैशाख । प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार धनुषा जिल्लाको भिमानमा रहेको तीनतले आर्टीलरी फायरिङ रेञ्जमा सञ्चालन भएको फायरिङ अभ्यास, महोत्तरी जिल्लामा नयाँ निर्माण भएको बर्दिबास सैनिक शिविरको निरीक्षण भ्रमण गरी काठमाडौँ फिर्ता भएका हुन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले भिमानमा सञ्चालन भइरहेको आर्टीलरी फिल्ड फायरिङको अवलोकन, बर्दिबास सैनिक शिविरमा निर्माणाधीन भवनहरुको निरीक्षण गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए । सोही क्रममा उनले कोशी टप्पु वन्यजन्तु आरक्षको अवलोकन समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ