प्रधानसेनापतिबाट उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान

समाचार

12/22/2019

काठमाडौं, ७ पुस । नेपाल सरकार, मन्त्रीपरिषद्को मंसिर ३० गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका सैनिक सचिव विभागका सहायक रथी निर्मलकुमार थापालाई जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

साथै, उपरथी दर्जामा पदोन्नति भएका उपरथी थापालाई राष्ट्रिय सुरक्षा परिषद सचिवालयको सह–संयोजकको जिम्मेवारी दिइएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ