प्रधानसेनापतिबाट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

समाचार

5/13/2019

काठमाडौं, २९ बैशाख । उपरथी दर्जामा पदोन्नति भएका निरीक्षण निर्देशनालयका निर्देशक सहायक रथी निरञ्जन कुमार श्रेष्ठलाई जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६ वैशाख २३ गतेको निर्णय अनुसार आइतबार प्रधानसेनापति थापाले श्रेष्ठलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

साथै, उपरथी दर्जामा पदोन्नति भएका उपरथी श्रेष्ठलाई उपत्यका पृतनाको पृतनापतिको जिम्मेवारी दिइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ