काठमाडौं, १२ पुस । प्रधानसेनापति पूर्णचन्द्र थापाले हेटौँडास्थित श्री मध्य पृतना हे.क्वा., चनवनस्थित श्री नं.७ बाहिनी अड्डा, सुनाचुरीस्थित श्री सुनाचुरी इमल्सन प्लाण्ट र श्री नं.१ जगदल गणको निरीक्षण भ्रमण गरेका छन् ।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त पृतना हे.क्वा., बाहिनी अड्डा, प्लाण्ट र गणको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।
निरीक्षण भ्रमण सम्पन्न गरी उनी बुधबारै काठमाण्डौँ फिर्ता भएका छन् ।
तपाईको प्रतिक्रिया