काठमाडौं, २९ पुस । नेपाल सरकारको निर्णय बमोजिम मिति शुक्रबारदेखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति पूर्णचन्द्र थापालाई शनिबार राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा भारतीय राष्ट्रपति राम नाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
नेपाल र मित्रराष्ट्र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्द सम्बन्ध अनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ ।
औपचारिक भारत भ्रमणको दौरान प्रधान सेनापति थापाले न्यू दिल्लीस्थित नेशनल डिफेन्स कलेजको निरीक्षण भ्रमण गरेका थिए ।
तपाईको प्रतिक्रिया