वीरगंज, १० माघ । वीरगंज महानगरका फायरमैन बुनिलाल चौरसियाकी पत्नी फुलपति देवीलाई १० लाख रुपैयाँकोे चेक प्रदान गरिएको छ ।
प्रिमियर इन्स्योरेन्स कम्पनीमा वीरगंज महानगरका सबै कर्मचारीको बीमा भएको अवस्थामा उनको मृत्यु भएपछि उक्त बीमा दावी रकम बुनिलालकी पत्नी फुलपति देवीलाइै हस्तान्तरण गरिएको हो ।
वीरगंज महानगरको सभाहलहमा आयोजित कार्यक्रममा वीरगंज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी र प्रियमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराज तिम्लाले संयुक्त रुपममा चेक हस्तनान्तरण गरेका थिए ।
असोज ७ गते फायरमैन वीरगंज १६ निवासी बुनिलाल चौरसियाको मृत्यु भएको अवस्थामाम उनको परिवरारले विमा रकम दावी गरेको थियो ।
महानगरले फायरमैनको जीवन विमा गरेको अवस्थामा प्रिमियर इन्योरेन्स कम्पनिका पदाधिकारी तथा वीरगंज महानगरका कर्मचरीहरुकको रोहबरमा चेक हस्तान्तरण गरिएको थियो ।
वीरगंजका मेयर सरावगीले आजको समयमा विमा एक प्रकारको बचत गर्ने सुविधासंगै भवितव्यमा आईपर्ने समयमा सहयोग पुग्ने कुरा भएकोले हरेक जनधनको विमा गर्न सर्वसधारणलाई सुझाव दिए ।
कार्यक्रममा प्रिमियर इन्सुरेन्श कम्पनिका प्रमुख कार्यकारी अधिकृत विश्वराज तिम्ला, नायब महाप्रबन्धक दिपेन्द्रराज गौत्तम,प्रदेश २ का प्रादेशिक प्रबन्धक विज्ञानविक्रम शाह र क्षेत्रीय अधिकृत शशि विचित्रलगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया