काठमाडौं, २३ माघ । चीनमा फैलिएको कोरोना भाइरस संक्रमणले पर्यटक आगमनमा असर पर्ने देखिन थालेपछि नेपाल सरकार त्यसको विकल्प खोज्न थालेको छ ।
नेपाल भ्रमण २०२० को मुखमा कोरोना भइरसले चिनियाँ पर्यटक प्रभावित हुन थालेपछि सरकार विकल्पको खोजीमा लागेको हो । नेपाल भ्रमण २०२० मा चीनबाट पाँच लाख पर्यटक ल्याउने सरकारको तयारी भछ भने भ्रमण वर्षमा २० लाख पर्यटक भित्रयाउने लक्ष्य रहको छ ।
कोरोना भाइरस संक्रमणका कारण लक्ष्यबमोजिम चिनियाँ पर्यटक आउन नसक्ने भएपछि सरकार अन्य विकल्पको खोजीमा लागेको हो ।
कोरोना भाइरसको असर नेपालको पर्यटनमा देखिएको निष्कर्ष निकाल्दै सरकारले चिनियाँ पर्यटकको विकल्प खोजिरहेको हो ।
चीनबाहेक अन्य देशबाट नेपाल आउने पर्यटकमा समेत कोरोना भाइसरको त्रासका फैलिएको छ । विदेशी पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिन सके मात्र नेपाल भ्रमण वर्षको लक्ष्य पूरा हुने जनाइएको छ ।
तपाईको प्रतिक्रिया