पर्यटकको सङ्ख्यामा कमी

समाचार

3/4/2019

कैलाली, १५ फागुन । विश्व सिमसार क्षेत्रमा सूचीकृत रहेकोे कैलालीको घोडाघोडी ताल क्षेत्रमा पर्यटकको सङ्ख्यामा कमी आएको छ ।

करीब १३८ हेक्टर क्षेत्रफलमा रहेको सो ताल क्षेत्रको सरसफाइ तथा भौतिक संरचनाको उचित व्यवस्थापन नहुँदा पर्यटकको सङ्ख्यामा कमी आएको हो ।

गत वर्ष गतवर्ष माघ मसान्तसम्म करीब ८१ हजार पर्यटक घोडाघोडी ताल क्षेत्रमा आए पनि अहिले गत महिनाको मसान्तसम्ममा घटेर ७२ हजार ७०० पुगेको छ ।

नेपालको प्रमुख गन्तव्यका रूपमा उक्त ताल रहे पनि उचित व्यवस्थापन हुन नसक्दा पर्यटकीय क्षेत्रमा पछि पर्दै गइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ